बढ्दो लोडसेडिङले अर्थतन्त्र धरासायी बन्दै गएपनि सरकारले लोडसेडिङ अन्त गर्न योजना नल्याएको भन्दै सभासद् डाक्टर प्रकाशचन्द्र लोहनीले संसदमा आज जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुभएको छ । व्यवस्थापिका संसद्को वैठकमा राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष समेत रहेका सभासद् लोहनीले लोडसेडिङ ल्याएको प्रस्तावमा अन्तका लागि अल्पकालीन तथा दीर्घकालीन उपाय तत्काल अवलम्बन गरी लोडसेडिङ अन्तका लागि संददबाट सरकारलाई निर्देशन गर्न माग गरिएको छ । प्रस्तावको समर्थकमा कांग्रेस सभासद् गगन थापा र एमाले सभासद् रामजी शर्मा रहनु भएको छ ।
अर्का समर्थक एमाले सभासद् शर्माले प्रसारण लाइनको विस्तार र आयोजना निर्माणका दुवै कामलाई प्राथमिकतामा राखेर अगाडि बढ्न सुझाव दिनुभयो । प्रस्तावमाथि भएको छलफलमा अधिकांश सभासद्हरुले लोडसेडिङको समस्यालाई अल्पकालीन र दीर्घकालीन रणनीति अनुसार समाधान गर्नका लागि तत्काल काम शुरु गर्नुपर्नेमा जोड दिएका थिए ।



