

छाल बनि आइ दिनु किनार तिर अनि

त्यै किनारमा पर्खी बस्छु तिम्रै बाटो हेरी
नभुल्नु है मेरो कुरा तिमि नै हौ मेरी

त्यो बनमा फुल्छौ भने गुरास बनि फुल

तिमीलाई गुमाउनु नै मेरै थियो भूल
घास दाउराको निउ गरि त्यै बनमा आउछु

त्यै गुरासको रुखमा बसी तिम्रै गित गाउछु
मेरो लागि तिम्रो दिलमा खाली भए ठाउँ
भनि मात्रै देउ प्रिय कहिले देखि म आउ

बिपनिमा भन्छौ भने धेरै टाडाहामी जाउ
सपनीमा भन्छौ भने कति बजे भेट्न आउ




