सम्मानजनक पुनःस्थापनालगायतका माग राखेर बहिर्गमनमा परेका माओवादी लडाकुद्धारा पश्चिमाञ्चल बन्द

सम्मानजनक पुनःस्थापनालगायतका माग राखेर बहिर्गमनमा परेका माओवादी लडाकुले आज पश्चिमाञ्चल बन्द गराएका छन् । बन्दका कारण कास्की, रुपन्देही, पाल्पा, गुल्मी, प्युठान, स्याङजालगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ । त्यस क्षेत्रमा यातायातका साधन चलेनन् भने उद्योगधन्दा र कलकारखाना ठप्प छन् । आफूहरुको उचित व्यवस्थापन गरिनुपर्ने, अयोग्य लडाकुका लागि राष्ट्रसंघबाट प्राप्त रकमको विवरण सार्वजनिक गरिनुपर्ने लगायतका माग राखेर उनीहरुले केही दिन यता पश्चिमका जिल्लाहरु बन्द गराउंदै आएका छन् ।


शिविरमा रहेका माओवादी लडाकु मध्ये अनमिनले अयोग्य ठह-याएका चार हजार आठ जना लडाकु बहिर्गमगनमा परेका थिए । बर्हिगमनमा परेका लडाकुहरुले सुदूरपश्चिम र मध्यपश्चिम बन्द गराईसकेका छन् ।