राष्ट्रिय जनमोर्चा दाङ, देउखुरीले शनिवार एक प्रेस विज्ञप्ति जारी सो कुराको जानकारी गराएको हो ।
राष्ट्रिय जनमोर्चा दाङ-देउखुरीका अध्यक्ष ओमबहादुर केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा हरि रिजालले पार्टीको नीति विपरीत कार्य गरेको र अनुशासनको गम्भीर उल्लंघन गरेकोले एक वर्षा लागि पार्टी सदस्यता समेत नरहने गरी पार्टी बाट हटाइएको उल्लेख छ ।
नेपाल भारत सहयोग मञ्चमा नबस्ने पार्टीको नीति विपरीत सो मञ्चको अध्यक्ष पदमा बसेको र पार्टीले बारम्बार हट्न निर्देशन दिँदा पनि नमानेकाले उनलाई पार्टी बाट हटाइएको बुझिएको छ ।
नेपाल भारत सहयोग मञ्च दाङबाट राजीनामा
नेपाल भारत सहयोग मञ्च दाङको जिल्ला समितिमा रहेका पाँच सदस्यहरुले बेग्लाबेग्लै बक्तव्य जारी गरी राजीनामा दिएका छन् । राजिनामा दिनेहरुमा होमप्रसाद शर्मा -भालुवाङ), वीरबहादुर चौधरी -मौरीघाट), रामाधार यादव -गंगापरस्पुर), डेमलाल भण्डारी -तुलसीपुर) र दुर्गा भण्डारी -तुलसीपुर) रहेका छन् ।
बक्तव्यमा भ्रमवश आफूहरु उक्त मञ्चमा बसेको र अबदेखि उक्त मञ्चसँग कुनै पनि प्रकारको सम्बन्ध नरहेको समेत उल्लेख छ । राजीनामा दिनेहरु सबै राष्ट्रिय जनमोर्चाका कार्यकर्ता हुन् । उक्त मञ्चमा नबस्ने पार्टीको नीति रहेको हुँदा पार्टीको निर्देशनमा उनीहरुले राजीनामा दिएको बुझिएको छ ।
केही समय अगाडि भारतीय राजदूतावासको उच्च कर्मचारीको उपस्थितिमा हरी प्रशाद रिजालको नेतृत्वमा दाङमा सो मञ्चको गठन भएको थियो ।



