नयाँ वर्ष २०१२ सुरु

काठमाडौं, १७ पुस आजबाट इस्वी सम्बत्को नयाँ वर्ष २०१२ सुरु भएको छ । नेपालका शहरी भाग तथा पश्चिमा मुलुकहरूमा बसोबास गर्ने नागरिकहरुले विभिन्न कार्यक्रमको आयोजना गरी हर्षोल्लासका साथ नयाँ वर्षको स्वागत गरेका छन् ।
 
नयाँ वर्षको अवसरमा खुसीयाली मनाउँदै आतसबाजी गरिएको दृश्यहरु अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले देखाइरहेका छन् ।
 
सन् २०११ मा गरिएका कामको समीक्षा गर्दै नयाँ वर्ष सन् २ं०१२ का उद्देश्यहरुको बारेमा समेत छलफल गर्दै वनभोजलगायतका घुमफीर गर्ने परम्परा छ । नेपालमा पनि अंग्रेजी नयाँवर्षको विभिन्न कार्यक्रम गरी स्वागत गरिदैछ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाले नयाँ वर्षको उपलक्ष्यमा औपचारिक तथा अनौपचारिक कार्यक्रम गरी शुभकामना आदान प्रदान गरिरहेका छन् ।
 
विशेषगरी युवापुस्तामा नयाँ वर्षको रौनक बढी हुने गर्छ । २०११ को अन्तिम दिन हिजो पर्यटकीय स्थानहरुमा युवाहरुको भीडभाड रहेको थियो । काठमाडौं उपत्यकाभित्रको ठमेल, जमल, दरबारमार्ग जस्ता पर्यटकीय स्थानहरुमा विभिन्न डान्सपार्टी तथा कार्यक्रमहरुको आयोजना गरिएको थियो ।