दलहरुले सहमति गरे स्थानीय निकायको चुनाव गराउन सक्षम रहेको मन्त्री टोप बहादुर रायमाझीको भनाई


 

भक्तपुर । दलहरुले सहमति गरे स्थानीय विकास मन्त्रालय स्थानीय निकायको चुनाव गराउन सक्षम रहेको स्थानीय विकासमन्त्री टोप बहादुर रायमाझीले बताउनुभएको छ । मन्त्री रायमाझीले भक्तपुर गुण्डु गाविस स्थित धोविखोला डोकाथली खानेपानी तथा सरसफाई आयोजनाको आइतबार उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो ।

रायमाझीले स्थानीय निकायको चुनाव नहुँदा अधिकांश जिल्लामा भष्टाचार भएको बताउँदै  तत्काल स्थानीय निकायको चुनावको आवश्यकता औंल्याउनुभयो । स्थानीय निकायमा भएको दलहरुको संयन्त्र विगठन गर्नु पर्ने अख्तियारको भनाईलाई सम्मान गर्दै उक्त प्रस्ताव केही समय पछि आफूले मन्त्रिपरिषदमा पेश गर्ने बताउनुभयो । स्थानीय निकायको चुनाव अहिलेको अवस्थामा पहिलो आवश्यकता भएको उल्लेख गर्दै उहाँले भन्नुभयो-