काठमाडौं, पुस १८ स्वदेशी एवं विदेशी पर्यटकलाई काठमाडौंका पर्यटकीय क्षेत्र घुमाउन महानगरपालिकाले फागुनभित्रै ुसिटी टुर बसु सञ्चालन गर्ने भएको छ। घुमाइदिने मान्छे र पर्यटकीय क्षेत्रको जानकारी अभावमा पर्यटकलाई समस्या परेको भन्दै महानगरले यो सेवा सुरु गर्न लागेको हो।काठमाडौं आउने धेरैजसो कहाँ(कसरी घुम्ने भन्ने जानकारी नहुँदा महत्वपूर्ण पर्यटकीय स्थल नघुमी फर्कन्छन्,ु महानगरपालिकाका कार्यकारी प्रमुख केदारबहादुर अधिकारीले भने, ुउनीहरूलाई पर्यटकीय क्षेत्रसँग जोड्न दिनभर घुमाइदिने कार्यक्रम ल्याउन लागेको हो।ु
उनका अनुसार एकै दिन पशुपतिनाथ, स्वयम्भू, नारायणहिटी, बौद्ध, हनुमानढोकालगायत ठाउँ घुमाइनेछ।
उनका अनुसार प्रजातन्त्र दिवसको अवसर पारी फागुन ७ गते यो सेवा सुरु गर्ने तयारी भइरहेको छ। यसबारे व्यवसायीसँग छलफल भइरहेको उनले बताए। ुअधिकांश विकसित मुलुकमा नगरपालिकाले नै ुसाइट सिनु भनेर यस्तो सेवा सञ्चालन गरेका छन्,ु उनले भने, ुयसले महानगरको पर्यटन प्रवर्द्धन हुन्छ, उनीहरूलाई सेवा दिन सके यो कार्यक्रम प्रभावकारी हुन्छ।ु
महानगर प्रशासन विभागका अधिकृत महेश काफ्ले बस सञ्चालन गर्ने निश्चित भए पनि रुटबारे गृहकार्य भइरहेको बताउँछन्। उनका अनुसार सुविधासम्पन्न टुरिस्ट बस भाडामा लिएर सञ्चालन गरिनेछ।
ुआफन्तलाई भेट्न देशभित्रैबाट राजधानी आउने घुम्ने इच्छा पूरै नभई फर्कन्छन्,ु उनले भने ुयो सेवा सुरु भएपछि कहाँ जाने, कसरी जाने, कस्ले घुमाउला भन्ने चिन्ता हुन्न।ु
काफ्लेका अनुसार ुसिटी टुर बसु हनुमानढोकाबाट बिहान ९ बजे छुट्नेछ। बसमा विभिन्न पर्यटकीय स्थलको जानकारी गराउन ुगाइडु हुनेछन्। पर्यटकलाई खाना र खाजा खुवाउन निश्चित होटलसँग समन्वय गरिन्छ। पर्यटकीय स्थलको भ्रमणपछि बस साँझ पाँच बजे हनुमाढोकामै फर्कन्छ।
परीक्षणका लागि सुरुमा दुईवटा बस सञ्चालन गरिने तयारी छ। लागत अनुमान गरी न्यूनतम शुल्क तोकिने काफ्ले बताउँछन्। ुनाफा लिने होइन, उल्टो महानगरले यो कार्यक्रममा सहयोग गर्नेछ,ु उनले भने। उनका अनुसार पर्यटकलाई पशुपति क्षेत्र विकास कोष, स्वयम्भू र बौद्ध क्षेत्र घुमाउन सम्बन्धित व्यवस्थापन समितिसँग छलफल भइरहेको छ। ललितपुर उपमहानगर र भक्तपुर नगरपालिकाले चासो देखाए, पुरै उपत्यका घुमाउने गरी सेवा दिइनेछ।
ुयो कार्यक्रमले काठमाडौंका धार्मिक, पुरातात्विक, सांस्कृतिक र वातावरणीय सम्पदा चिनाउने सकिनेछ,ु उनले भने, ुसवारीसाधन अभावले महत्वपूर्ण क्षेत्र घुम्न नसकिने समस्यासमेत समाधान हुन्छ।ु



