पूर्व प्रधानमन्त्रीहरु सहभागी नभएको विरोधमा सुदुरपश्चिम बन्दको आह्वान

सुदुरपश्चिम बन्दको आह्वान


हिन्दु धर्म बचाउ अभियान नेपाल र हिन्दुवादी संस्था स्नेह समाजले आज सुदुरपश्चिम बन्दको आह्वान गरेको छ ।

 

बन्दको कारण सुदुरपश्चिमको कैलाली र कञ्चनपुर जिल्ला प्रभावित बनेका छन् । अरु जिल्लामा बन्दको प्रभाव कम परेको छ ।

 

कैलाली र कञ्चनपुरमा यातायात, शैक्षिकसंस्था र बजार बन्द छन् ।

 

 

सुदुरपश्चिमको कञ्चनपुरमा पुस १५ गते गरिएको राष्ट्रिय एकताका लागि ऐक्यबद्धता कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरु सहभागी नभएको विरोधमा बन्दको आह्वान गरिएको हो ।