काठमाडौं – सर्वोच्च अदालतले लोक सेवा आयोगलाई न्याय सेवाका अधिकृत तहका कर्मचारीका लागि उसले गरेको विज्ञापनबारे सोधपुछ गर्न बोलाएको छ । न्यायाधीश सुशीला कार्कीको एकल इजलाशले बुधबार जारी गरेको आदेशमा त्यसरी विज्ञापन गर्नाको कारणसमेत खुलाउन भनिएको छ ।
आयोगले गत मंसिर २८ गते न्याया सेवाका लागि आवेदन दिन विज्ञापन गरेको थियो । त्यसमा पद थप गरिएको भन्दै उसले गत पुस १३ गते अर्को सूचना निकालेको थियो । आयोगको यो काम निजामती सेवा ऐनले तोकेको समावेशी प्रावधान विपरित भन्दै पछिल्लो सूचना बदर गर्न सर्वोच्चमा रिट परेको थियो । त्यसैमाथि सुनुवाइ गर्दै कार्कीको इजलाशले आयोगलाई लिखित जवाफसहित हाजिर हुन आदेश गरेको हो ।



