बहिर्गमनमा परेका पूर्व लडाकुद्वारा गाडी तोडफोड र आगजनी, जनजीवन प्रभावित

मकवानपुर – बन्दको अवज्ञा गरेको भन्दै बहीर्गमनमा परेका पूर्व लडाकुहरुले बिहीबार बिहानै केही गाडीमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन् ।

मकवानपुरस्थित युनिलिभर कम्पनीको बिहानै मजदूर कर्मचारी लिन निस्केको गाडी जलाएर ध्वस्त बनाइएको छ । ना४ख ४३४२ नम्बरको उक्त बसलाई बिहान पौने ५ बजे जलाइएको थियो ।

उक्त बसको चालकलाई कुटपी६ गरेको तथा सहभालकसंग रहेको दुई वटा मोवाइल पनि खोसिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी पूर्व पश्चिम राजमार्गमा पनि केही गाडीहरु तोडफोड गरिएको र एउटा ट्याक्टरमा आगजनी गरिएको प्रहरीले जनाएको छ । आफुहरुलाई पनि प्रमाणिकरणमा परेका लडाकु सरह सुविधा पाउनु पर्ने माग गर्दै राष्ट्रसंघीय मिसन ९अनमिन० ले लडाकु हुन आयोग्य भनेपछि बहिर्गमनमा परेका पूर्व लडाकुहरुले आन्दोलन गरिरहेका छन् ।

त्यही क्रममा शुक्रबार मध्यमाञ्चल बन्द आयोजना गरेको छ ।

राजधानीमा भने गाडीहरु फटफुट चलिरहेका छन् । शिक्षण संस्थाहरु बन्द छ । राजमार्गमा गाडी चल्न नदिएपछि यात्रुहरुलाई सास्ती भएको छ ।

पाल्पामा जनजीवन प्रभावित

माधब अर्याल

बहिर्गमनमा परेका माआवादी लडाकुहरुले आव्हान गरेको आमहड्तालका कारण शुक्रबार पर्यटकीय पाल्पा जिल्ला प्रभावित भएको छ ।

सम्मानजनक पुनःस्थापनाको माग राखेर उनीहरुले शुक्रबार नेपाल बन्द आव्हान गरेका हुन् । बन्दले पहाडी जिल्ला पाल्पामा यातायात क्षेत्रलाई बढी प्रभावित बनाएको छ । यातायात, पसल, कलकारखाना, विद्यँलय बन्द भएका छन् ।

पाल्पाबाट छुट्टे लामो तथा छोटो दुरीका सवारी साधन छुटेका छैनन् । यातायातका सार्वजनिक सवारी साधन चलेका छैनन् । सिद्धार्थ राजमार्ग र तानसेन