झापाको पृथ्वीनगर गाउं बिकास समिति वडा नम्वर ८ पृथ्वीनगरमा जंगली हात्तिको आक्रमणबाट तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय दुर्गा पाण्डे, आइतमाया राई र बनमाया बस्नेत रहेका छन् ।
घटनामा गंगा ओली र जांच बहादुर लिम्बु गम्भीर घाइते भएका छन् । उनीहरुको मेची अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।
भारतबाट आधा दर्शन भन्दा बढीको समुहमा आएका जंगली हात्तिलाई प्रहरी र स्थानीयवासीले भगाएका थिए । पटक पटक जंगली हात्तिको आक्रमणका कारण उक्त भेगका सर्वसाधारण भने त्रसिद बनेका छन् ।