सरकारसँग दुई बुँदे सहमति भएपछि पूर्व लडाकुहरुद्धारा बन्दलगायतका सम्पूर्ण कार्यक्रम फिर्ता

काठमाडौं – सरकारसँग दुई बुँदे सहमति भएपछि पूर्व लडाकुहरुले बन्दलगायतका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन् ।

शान्ति मन्त्रालयमा बिहीबार भएको वार्तामा पक्राउ परेका लडाकुलाई रिहा गर्ने र आर्थिक प्याकेजको प्रस्ताव एक साताभित्र बुझाउने सहमति भएपछि बन्द फिर्ता भएको हो । अयोग्यको बिल्ला हटाउनुपर्नेलगायतका माग राख्दै पूर्व लडाकुले आन्दोलन गर्दै आएका थिए ।

लडाकुले आह्‌वान गरेको बन्दको राजधानीमा न्यून मात्रामा प्रभाव देखिएको थियो । राजमार्गहरुमा बिहानै केही तोडफोड गरेकाले सवारी चलेपनि राजधानीमा खासै प्रभाव देखिएको थियो ।

माओवादी बैठक स्थगित

माओवादीको बिहीबारको केन्द्रीय समितिको बैठक स्थगन भएको छ ।

राससका अनुसार अनमिनद्वारा प्रमाणीकरणमा नपरेका लडाकुको नेपाल बन्दका कारण बैठक बस्न नसकिएको हो । बैठक शुक्रबार बिहान ११ बजे बस्ने केन्द्रीय सदस्य महेश्वर दाहालले जानकारी दिए । माओवादीको जारी केन्द्रीय बैठकमा शुक्रबारसम्म सबै केन्द्रीय सदस्यले आ