२२ पुस, गोरखा । संविधानसभा निर्वाचनपछि महिनाको एकपटक गृह जिल्ला जाने बाचाअनुसार प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज बिहानै गोरखा पुग्नुभएको छ ।
प्रधानमन्त्री भट्टराई मुस्ताङ गाडी चढेर बिहान करिब ६ बजे राजधानीबाट गोरखाका लागि प्रस्थान गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । संविधानसभापछि प्रधानमन्त्री गृह जिल्ला जानुभएको यो ४८ औँ पटक हो । प्रधानमन्त्री जिल्लाको देउराली गाविसस्थित गोरखकाली रबर उद्योग अगाडि निर्माण गरिएको सहिद प्रकाश पोखरेल



