एकीकृत माओवादी केन्द्रीय समितिको बैठक पर्सीं सम्मका लागि स्थगित गरिएको छ । आजको बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्ताव र उपाध्यक्ष मोहन वैद्यले पेस गरेको फरक मतबारे केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रम सकिएपछि पर्सी सम्मका लागि बैठक स्थगित गरिएको हो ।
२४ गते बस्ने बैठकमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बैद्यले प्रतिबेदनबारेकेन्द्रीय सदस्यहरुले उठाएका विषयमा जवाफ दिने कार्यक्रम छ । बैठकमा अध्यक्ष प्रचण्डले शान्ति र संविधानलाई जोड दिएर अगाडि बढ्ने तत्कालिन कार्ययोजनासहितको प्रस्ताव पेस गर्नुभएको छ भने वैद्यले प्रचण्डको प्रस्तावलाई दक्षिणपन्थी भन्दै तत्काल जनविद्रोहमा जानुपर्ने फरकमत पेस गर्नुभएको छ ।
पछिल्लो समय वैद्यको प्रस्तावलाई फरक मतका रुपमा आन्तरिक फोरमहरुमा छलफल गर्दै महाधिवेशनबाट टुंगो लगाउने गरी सहमतिको प्रयास भइरहेको छ ।