काठमाडौंको नयाँ सडकस्थित पिपल बोटमा शुक्रवार प्रेसर कुकर बम विष्फोट भएको छ ।
पिपलबोटको चौतारोभित्रै बम विष्फोट भएको हो ।
विष्फोटबाट खाशै क्षति नपुगेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थललाई अहिले प्रहरीले घेराबन्दी गरेको छ भने नयाँ सडक क्षेत्रमा सवारी प्रवेश रोकिएको छ ।