सुनसरीको दुहबीस्थित धनलक्ष्मी उद्योगमा भिषण आगलागि

सुनसरीको दुहबीस्थित धनलक्ष्मी उद्योगमा आज साँझ भिषण आगलागि भएको छ ।

 

उद्योगभित्र विद्युत सट् भई लागेको आगो अझैसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागिबाट उद्योग भित्र रहेका सबै मेसिनहरुमा क्षति पुगेको बताइएको छ ।

 

आगलागिबाट भण्डै १५ करोडको क्षति पुगेको अनुमान प्रहरीले गरेको छ । आगलागि नियन्त्रणका लागि स्थानियबासी, प्रहरी र सेनाले प्रयास जारी राखेका छन् ।