धनगढीका उद्योग ब्यावसाय तथा प्रतिष्ठानमा बम राखेर आतंक मच्चाउने समूह सक्रिय


शुक्रबार सेनाले निष्क्रिय पार्न लागेको बम हेर्ने को घुईचो । तस्विरः मोहन बुढाऐर

 

– मोहन बुढाऐर

 

धनगढी – पछिल्लो समयमा धनगढीका उद्योग ब्यावसाय तथा प्रतिष्ठानमा बम राखेर आतंक मच्चाउने समूह सक्रिय भएको छ । दुई महिनामा ६ स्थानमा सकेट बमलाई नेपाली सेनाले निस्तेज पारेको छ ।

शुक्रवार पपुलर हार्डवयर र माछापुच्छे बैंक अगाडि राखेको बमलाई नेपाली सेनाले निष्क्रिय पारेको छ । बिहिवार चौराहको श्याम टे्रडस अगाडि टाईम सकेट बम फेला परेको थियो । उक्त नेपाली सेनाले निष्क्रिय गरेको थियो । त्यस्तै केही दिन अघि मात्रै यहाको प्रतिष्ठित राजेन्द्र निर्माण कम्पनी र भिम बहादुर सावदको सह मिल अगाढी टाईम बम बिस्फोटन भएको थियो । तर उक्त घटनामा मानविय क्षति भने भएको थिएन ।

मल्ल आयल स्टोर र डिके आईल स्टोरमा पनि राखिएका सकेट बम पनि फेला परेका छन् । नेपाली सेना दुवै स्थानमा राखिएका बमलाई निस्तेज पारेको थियो । अहिले सम्म कुनै समुहले बम राखेको जिम्मेवारी भने लिएका छैन्न ।

जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक सानुवावु भट्टराईले चन्दा आतंक मच्चाउने समूह द्वारा उद्योग ब्यावसायीलाई धम्काउनको लागि बम राख्ने गरेको हुन सक्ने बताए । उनले केहीको पहिचान भईसकेको भएपनि प्रमाण नभटि्एकोले समात्न नसकिएको बताए ।

कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष दिनेश भण्डारीले पछिल्लो समयमा उद्योग ब्यावसायीले सुरक्षाको प्रत्याभुती गर्न नसकेको बताए । असतित्वमा नआएका र कहिल्यै नाम नसुनिएका समुहले चन्दा आतंक मच्चाई रहेको उनले बताए । प्रहरी प्रशासनलाई धम्की आएको फोन नम्वर समेत दिदां पनि कसैलाई पक्राउ गर्न नसकेको उनको गुनासो छ ।