
मृत्यु हुनेहरुमा जीप चालक चैलाही ९ वगाउँका धनिराम चौधरी, सिसहनिया ४ पिपरी की पालु गुप्ता, चौलाही २ लमहीका अशोक योगी, रवि चौधरी, कान्तु चौधरी, मालती गौतम र एक बालक निर्जल केसी रहेका छन् ।
मृतकहरु सबै कृष्णनगर सामान किन्न जान लागेका व्यापारीहरु थिए । उनीहरु आज शनिबारको विदा पारी कृष्णनगर जान थालेका थिए । लमहीवाट कृष्णनगरतर्फ जाँदै गरेको ना १ ज १३४९ नम्वरको जीप र चन्द्रौटाबाट लमहीतर्फ जाँदै गरेको ना ३ ख ६०९२ नम्वरको ट्रक गोवरडिहा-१ टहडामा ठोक्किएकेा थियो । चालकसहित जीपमा सवार सात यात्रुहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । दुर्घटनामा पाँच जना घाईते भएको मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक अशोकप्रसाद श्रेष्ठले जानकारी दिए । घाइतेहरुलाई लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । बाक्लो हुस्सु लागेका कारण गाडी ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।



