सत्ताधारी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा भित्र चारबुदे सहमति कार्यान्वयन नभएको विषयलाई लिएर सरकार छाड्ने विषयमा घटक दलहरुवीच मतभेद बढेको छ । मोर्चाको आज सिहदरबारमा बसेको बैठकमा मोर्चाका केही नेताहरुले ४ बुदे सहमति कार्यान्वयन नभए सरकारबाट बहिरिनु पर्ने धारणा राखे भने केहीले सहमति कार्यान्वयनको क्रममा रहेको भन्दै सरकारको बचाउ गरे । चार बुदे सहमतिमा रहेको नेपाली सेनामा मधेशी समुदायका युवाहरुको संख्या बढाउने बारेमा पनि बैठकमा छलफल भएको थियो ।
मोर्चाकै घटक मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार गृह र रक्षामन्त्रीहुदा समेत मधेसी युवालाई सेनामा सामूहिक प्रबेश गराउने निर्णय कार्यान्वय गर्न नसकेको भन्दै बैठकमा उहाको कडा आलोचना भयो । बेठकपछि नेता गच्छदारले मोर्चाका सबै सदस्यहरुले धारणा राख्ने क्रम नसकिएकाले भोलि पुनः बैठक बस्ने बताउनुभयो ।



