उच्च पहाडी क्षेत्रमा परेको हिमपात र अत्यधिक चिसोले डडेलधुराको जनजीवन प्रभाबित

– डीआर पन्त

 

डडेलधुरा  – डडेलधुरा जिल्लाको उच्च पहाडी क्षेत्रमा परेको हिमपात र अत्यधिक चिसोले जनजीवन प्रभाबित भएको छ । हिमापातका कारण यातायातसमेत अबरुद्ध भएको छ ।

शनिवार दिउंसो देखि नै भिमदत्त राजमार्गको हगुल्टे र साहुखर्क सडक खण्डमा भएको हिमपातका कारण दिनभर यातायातका साधन अबरुद्ध भएका छन् ।