काठमाडौ – माओवादी लडाकुका प्रबक्ता चन्द्रप्रकाश खनालले नेपाली सेनामा उपरथीसम्मको पद नपाए लडाकु समायोजनमा नजाने र स्वेच्छिक अवकास रोजेकालाई विदाईसमेत नगर्ने चेतावनी दिएको छ ।
साथै उनले पुन: वर्गिकरणका बेला संख्या भन्दा बढि समायोजन रोज्ने संख्यालाई पनि थप आर्थिक प्याकेजको माग गरे ।
रिपोर्टर्स क्लवको साक्षत्कारमा आइतवार खनालले ३ हजार २ सय लडाकुका लागि थप आर्थिक प्याकेजको माग गरेका हुन् । पुन: बर्गिकरणका बेला तोकिएको ६ हजार छ सय भन्दा ३ हजार २ सय जना लडाकुले समायोजन रोजेका छन् । थप आर्थिक प्याकेज दिन नसके तिनलाई पनि कुनै न कुनै सुरक्षाअंगमा समायोजन गर्नु पर्ने उनको माग रहेको छ ।
‘थप क्षतीपूर्ति, दर्जा मिलान (उपरथीसहित) र बृजकोषको विषयमा कुरा नमिलेसम्म शान्ति प्रक्रिया अवरुद्ध हुनेछ’ उनले भने ।



