पूर्वमन्त्री पूर्वमन्त्री गोविन्दराज जोशीको मुद्दा सर्वोच्चले ब्युँतायो

काठमाडौँ – हदम्यादको कारण जनाउँदै विशेष अदालतले खारेज गर्ने भनी गरेको निर्णय रद्द गर्दै पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचारसम्बन्धी मुद्दालाई  सर्वोच्च अदालतले सोही अदालतले नै हेर्ने गरी फिर्ता पठाएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय तर्कराज भट्ट र सुशीला कार्कीको संयुक्त इजलासले  गरेको फैसलामा ‘विशेष अदालतले हदम्याद लगाएर मुद्दा खारेज गर्न गरेको निर्णय मिलेन, जे बुझ्नुपर्ने हो बुझी कानुनबमोजिम निर्णय गर्न पठाइदिनू’ भनेको छ।

पूर्वमन्त्री जोशीमाथि रु. तीन करोड ९३ लाख ६२ हजार रूपैयाँ भ्रष्टाचार गरेको आरोप लगाइएको थियो।


गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकाको मुद्दा हदम्यादको कारण जनाउँदै खारेज गरेको भन्दै मिति २०६३ फागुन १० गते विशेष अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन परेको थियो। रासस