काठमाडौं – कुटनीतिक राहदानी दुरुपयोग गरेको अभियोग लागेका सभासद् नारदमुनी रानालाई अख्तियारले आज म्याद थपका लागि विशेष अदालतमा पेस गर्दैछ ।
उनलाई थप अनुसन्धानका लागि म्याद थप गर्न लागिएको अख्तियारले जनाएको छ । कैलालीका राना एमालेका तर्फबाट समानुपातिकको कोटामा सभासद् भएका हुन् । लामो समयदेखि फरार रहेका उनी पक्राउ पर्ने डरले हिजो आफै अख्तियारमा हाजिर भएका थिए ।