काठमाडौं – सूचना तथा सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ताको भ्रष्टाचार सम्बन्धी मुद्दाको फैसला आज हुँदैछ । बहुदलको समयमा पटक पटक मन्त्री भएका गुप्तालाई अकुत सम्पत्ति कमाउने गरी भ्रष्टाचार गरेको अभियोग लगाइएको छ ।
न्यायाधीशद्धय सुशीला कार्की र तर्कराज भट्टको संयुक्त इजलासले आज मुद्दाको फैसला गर्न लागेको हो । मन्त्री गुप्ताले २ करोड ८ लाख ८ हजार रुपैंयाको सम्पत्तिको श्रोत खुलाउन नसकेको आरोप लगाउादै २०५१ चैत्र ६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । न्यायाधीश भूपध्वज अधिकारीसहितको इजलासले गुप्ताको सम्पत्ति श्रोत खुलेको भन्दै उनलाई २०६४ जेठ २४ गते सफाइ दिएको थियो । विशेषको फैसलाविरुद्ध सरकारले २०६४ कार्तिक २२ गते सर्वोच्चमा पुनरावेदन गरेकोमा त्यसको दुई वर्षपछि मात्रै सर्वोच्चमा सुनुवाइ सुरु भएको थियो ।



