प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध अविश्वासको प्रस्ताव ल्याइने

काग्रेस नेता डा. रामशरण महतले प्रधानमन्त्री डा बाबुराम भट्टराईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिनुभएको छ । राजधानीमा गरिएको कार्यक्रममा उहाँले प्रधानमन्त्रीले पदमा बस्ने नैतिक हैसियत गुमाइसकेको दावी गर्दै बहुमत जुट्ने वित्तिकै अविश्वासको प्रस्ताव ल्याउने जानकारी दिनुभयो । सहमति विपरित सेना समायोजनमा बखेडा झिकेर माओवादीले शान्ति प्रक्रिया रोकेको आरोप लगाउँदै उहाँले शान्ति प्रक्रियालाई दुहुनो गाई बनाउन खोजेको आक्षेप लगाउनुभयो ।

 

माओवादी लडाकुको हैसियत सेनाको रुपमा नस्वीकारिएकाले सेनाको समूहगत समायोजन हुनै नसक्ने अडान उहाँको थियो ।

सार्वभौमसत्ता एक ब्यक्तिमा होइन संसदमा हुनुपर्छ भन्दै महतले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय पद्धति कांग्रेसलाई अस्वीकार्य हुने प्रष्ट गर्नुभयो । राष्ट्रपति पद्धती रहेका बंगलादेश, पाकिस्तान, फिलिपिन्स, ल्याटिन अमेरिकी र अधिकांश अफ्रिकी मुलुकले निरंकुशता ब्यहोरेको महतको भनाइ थियो ।