व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिले नेपाली सेनाले विक्री गरेको पुरातात्विक महत्वका हतियार फिर्ता गर्न पहल गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले आज उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्र सचिव दुर्गा भट्टराई र रक्षा सचिव नविन घिमिरेसँग हतियार विक्रीका बारेमा छलफल गरेपछि यस्तो निर्देशन दिएको हो ।
समितिको बैठकमा मन्त्री श्रेष्ठले हतियार विक्रीको विषयमा संसदको राज्य व्यवस्था समितिले छानविन गरिरहेकाले त्यसको प्रतिवेदन आएपछि कारवाही अघि बढाउने जानकारी दिनुभयो । समितिले हङकङमा बस्ने नेपालीलाई चीन सरकारले आप्रवासी भिसा दिन रोकेको विषयमा पनि पहल गर्न परराष्ट्रमन्त्रीलाई निर्देशन दिएको छ ।



