निर्वाचन आयोगद्धारा संविधान सभा निर्वाचनका १३ सय उम्मेदवारले अझै खर्च विवरण नबुझाएको भन्दै अब पनि अटेर गरे नाम सार्वजनिक गर्ने चेतावनी

       संविधान सभाको निर्वाचनका १३ सय उम्मेदवारले अझै खर्च विवरण नबुझाएको    

निर्वाचन आयोगले संविधान सभाको निर्वाचनका १३ सय उम्मेदवारले अझै खर्च विवरण नबुझाएको भन्दै अब पनि अटेर गरे नाम सार्वजनिक गर्ने चेतावनी दिएको छ ।


 


आयोगमै पत्रकार सम्मेलन गरी आयोगका प्रवक्त शारदाप्रसाद त्रितालले निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचनको खर्च विवरण बुझाउनु पर्नेमा १ हजार ३ सय जनाले विवरण नबुझाएको बताउनु भयो ।


पत्रकार सम्मेलनमा अहिलेसम्म १ करोड ६३ हजार भन्दा बढी मतदाताले फोटोसहितको मतदाता सूचिमा नाम दर्ता गराएको जानकारी दिइयो । आयोगले मतदाता नामावली लगायतका सूचनालाई एकीकृत रुपमा केन्द्रीय डाटा सेन्टरमा राख्ने काम पनि अन्तिम चरणमा पुगेको जनाएको छ ।