४ दशमलव २ रेक्टर स्केलको भूकम्प गयो

४ दशमलव २ रेक्टर स्केलको भूकम्प गयो
२७ पुस, काठमाडौं । बुधबार ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । अपराहृन २ बजेर ३४ मिनेट जाँदा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले रेकर्ड गरेको छ ।
भूकम्पको केन्द्रविन्दु दैलेख जिल्लाको डाँडागाउँ आसपास भएको विभागले जनाएको छ । भूकम्पबाट कुनै ठूलो क्षति भने भएको छैन ।