जाजरकोटमा यातायात व्यवसायीको सिन्डिकेट विरुद्ध उत्रेको विद्यार्थीद्धारा सदरमुकमा प्रदर्शन

– भीमबहादुर सिंह

 

जाजरकोट  -जाजरकोटमा  यातायात व्यवसायीको सिन्डिकेट विरुद्ध उत्रेको संयुक्त विद्यार्थी संघर्ष समितिले बुधवार पनि सदरमुकमा प्रदर्शन गरेको छ ।

संघर्ष समितिले आन्दोलनको दोश्रो दिन यहाँबाट चल्ने यातायातका साधन ठप्प पार्नुका साथै शिक्षण संघ/संस्था र सम्पूर्ण बजार पुर्णरुपमा बन्द गराएको छ । विद्यार्थीहरुले व्यवसायीको सिन्डिकेट र प्रहरीले मंगलवार गरेको हस्तक्षेपको विरुद्ध सदरमुकाममा प्रर्दशन समेत गरे ।

आफ्ना मागप्रति स्थानीय प्रशासन र व्यवसायी गम्भीर नभएको क्रान्तिकारीका जिल्ला अध्यक्ष योगेन्द्र सिंहले आरोप लगाए । ‘मागप्रति सम्बन्धित पक्षले बेवास्ता गरे आन्दोलनले झन चर्क्रो रुप लिनेछ’ उनले भने । यही २८ र २९ गते पनि जिल्ला भरका शिक्षण संस्था र बजार बन्द गर्ने र २९ गते जिल्ला प्रशासन कार्यालयमा जनप्रर्दशन गर्ने गरी आन्दोलनका थप कार्यक्रम तय गरिएको अध्यक्ष सिंहले बताए । प्रहरीको लाठी चार्जबाट टाउकोमा गम्भीर चोट लागेका विद्यार्थी अर्जुन अधिकारीको नेपालगञ्ज अस्पतालमा उपचार भइरहेको सिंहले बताए ।

समितिले छिन्चु