वीरको आकस्मिक कक्ष मध्यराति खचाखच

काठमाडौं, पुस २८ वीर अस्पतालको आकस्मिक कक्षमा मध्यराति थाम्नै नसक्ने भीड बढेको छ । ट्राफिक प्रहरीले रातको १० बजेदेखि तीन बजेसम्म उपत्यकामा मदिरा पिएर सवारी चलाउनेको जाँच गर्न थालेपछि अस्पतालको आकस्मिक कक्ष खचाखच भएको हो ।

भीड र हल्लाखल्लाले उपचार गराइरहेका बीरामीलाई अफ्ठेरो परेको छ । राति खटिएका डाक्टरसमेत भीड थाम्न हम्मे(हम्मे परेको बताउँछन् ।

ुमध्यराति आकस्मिक कक्ष हेर्न एकरदुई जना मात्र डाक्टर खटिएका हुन्छन्,ु वीर अस्पतालका आकस्मिक विभाग प्रमुख धु्रवप्रसाद सिंहले भने, ुएकैपटक ठूलो संख्यामा मदिरा सेवन गरेकाको हूल अस्पतालमा छिर्दा डाक्टरलाई भीड थाम्नै मुस्किल पर्छ ।ु

उनका अनुसार दैनिक ५०र६० जना जति सवारी चालकलाई ट्राफिक प्रहरीले ल्याउने गरेका  छन् । ुएक दिनमा ९६ जनासम्म आएको तथ्यांक छ ।ु

अस्पतालको आकस्मिक कक्षमा २२ शय्या मात्र छन् । रातमा आएका मानिसलाई बसाएर जाँच्नेसम्म व्यवस्था नहुँदा भीड र होहल्ला बढेको एक डाक्टर बताउँछन् ।

जसले गर्दा अस्पतालमा उपचार गरिरहेका बिरामीमा रातको समयमा डाक्टरको ध्यान पुग्न छाडेको हो । डाक्टर र नर्सले आएका मानिसको जाँच गर्दागर्दै आफूहरूलाई हेर्न नभ्याएको पुरानो बानेश्वरबाट आई आकस्मिक कक्षमा मंगलबार राति बसेका ३१ वर्षे मनबहादुर तामाङले भने, ुछोरोको भर्‍याङबाट लडेर टाउकोबाट रगत बगिरहेको छ तर डाक्टरलाई उपचार गर्ने फुसर्दै छैन ।ु

ट्राफिक प्रहरीले जाँच गरेपछि मदिरा सेवन गरेको पाइएमा डाक्टरी रिपोर्टका लागि नजिकैको सरकारी अस्पताल लाने गरेका हुन् ।

उपत्यकाभरका सरकारी अस्पतालमा जाँच गराउने भए पनि रातको मुख्य केन्द्र मानिने ठमेल, लाजिम्पाट, दरबारमार्ग, नयाँसडकबाट वीर अस्पताल नजिक पर्ने भएकाले अधिकांशलाई त्यहीं लाने गरिएको महानगीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख गणेशराज राईले जानकारी दिए । उनका अनुसार महाराजगन्ज टिचिङ अस्पताल, पाटन र भक्तपुरमा जाँच गर्ने गरिएको छ । दिनहुँजसो ५०र६० को हाराहारीमा मदिरा सेवन गरेका चालकहरू अस्पताल पुर्‍याए पनि विशेष चाडपर्वमा बढी हुने उनले बताए ।