काठमाडौ । नेपाली काग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले स्विजरल्याण्डको ज्यूरिचमा शासकीय स्वरुपको विषयमा कुनै सहमति नभएको दावी गरेका छन् ।
संबैधानिक समितिको बैठकपछि सन्चारकर्मीहरुसँगको कुराकानीमा सहमतिको प्रचारबाजी मात्रै भएको दावी गर्दै काग्रेसले कसैलाई प्रतिनिधि नपठाएको र सहमतिको विषयमा पार्टीलाई कुनै जानकारी नभएको बताए ।
उनले लण्डनको रमादा होटलमा आफू, कृष्णबहादुर महरा र नागरिक समाजका प्रबुद्ध ब्यक्तीहरुवीच काग्रेसले राजतन्त्र फाल्न सहयोग गर्ने, काग्रेसले गणतन्त्र स्विकार गर्ने र माओवादीले तत्काले हतियार त्यागेर लडाकु विघठन गर्ने सहमति भएकोमा अहिलेसम्म पनि कार्यान्वयन हुन नसकेको भन्दै प्रत्यारोप गरे ।