सरकारसंग वार्ता गरिरहेको संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा आजाद समुहले रौतहट प्रहरी समक्ष हतियार बुझाएको छ ।
आजाद समुहका बार्ता टोलि संयोजक उदयकान्त मिश्र सहित ७ जनाको टोलिले जिल्ला प्रहरी कार्यालय रौतहटमा चार थान नलकटुवा पेस्तोल र १ थान बाह्र बोरको बन्दुक बुझाएका हुन् ।
उक्त समुहले बुझाएको हतियार जिल्ला प्रशासन कार्यालय पर्सामा बुझाइने रौतहट प्रहरीले जनाएको छ । उक्त समुहको पर्सामा केही महिना अघिदेखि सरकारसंग वार्ता चलिरहेको थियो ।