१५ विद्यार्थी संगठनद्धारा सीटीईभिटी अन्तर्गतका संस्थाहरुले मनोमानी शुल्क बढाएको भन्दै आपत्ति

ब्यवसायिक शिक्षा तथा तालिम परिषद सीटीईभिटी अन्तर्गतका विभिन्न शैक्षिक संस्थाहरुलेशुल्क मनोमानी ढंङ्गले बढाएको भन्दै १५ विद्यार्थी संगठनले आपत्ति जनाएका छन् ।

 

अनेरास्वयुको राजधानीस्थित केन्द्रीय कार्यालयमा विद्यार्थी संगठनहरुको आज बसेको बैठकले सरकारी तहबाट तत्काल एम.वि.वि एस को शुल्क निर्धारण हुनुपर्ने निर्णय गरेको छ ।

 

बैठकले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकिएकै समयमा सम्पन्न गराउन दबाब दिन र स्ववियु निर्वाचन प्रणालीबारे सहमति गर्न ९ सदस्यीय कार्यदल गठन गरेको छ ।