जनकपुरका उद्योगी व्यवसायीद्धारा तेस्रो दिनपनि आफ्नो ब्यवसाय, उद्योग, कलकाराखाना, यातायात र कार्यालयहरु बन्द

महोत्तरीको बर्दिबासमा आन्तरिक राजश्व कार्यालय सार्ने सरकारी योजनाको विरोधमा जनकपुरका उद्योगी व्यवसायीले आज तेस्रो दिनपनि आफ्नो ब्यवसाय, उद्योग, कलकाराखाना, यातायात र कार्यालयहरु आफै बन्द गराएका छन् ।

 

जनकपुर उद्योग वाणिज्य संघको आह्वानमा भएको बन्दबाट ब्यापार ब्यवसाय चौपट्ट भएको छ । बन्दबाट जनकपुरमा बजार, उद्योग, कलकारखाना र सरकारी कार्यालय ठप्प भई हजारौ जनताको दैनिक जीवन अस्तब्यस्त बन्न पुगेको छ ।

 

यसबाट बन्द आब्हान गर्ने ब्यापारीहरुलाई पनि करोडौको घाटा भएको छ ।

 

सरकारी निर्णय विरुद्ध बन्द गर्न आब्हान गर्दै हिजो उद्योगी, व्यापारी, बुद्धिजीवी र राजनीतिक दलका नेता र कार्यकर्ताहरुले जनकपुरमा जुलुस निकालेका थिए ।