काठमाडौ – भारतबाट बीरगञ्जको नाका हुँदै नेपाल आएका १ सय १४ जना तिब्बतीलाई बिहीबार बेलुका थानकोटबाट प्रहरीले पक्राउ गरेको छ । उनीहरु विना कागजात आएको भन्दै पक्राउ गरिएको हो ।
काठमाडौंका एसपी राजेन्द्र श्रेष्ठका अनुसार पक्राउ परेका मध्ये ९० जनालाई प्रहरीले अध्यागमनमा बुझाएको छ भने बाँकीले राहदानी बुझाएर छुटेका छन् ।



