काठमाडौं – माले (समाजवादी) दलले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
पार्टी पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले शुक्रबार सरकार शान्ति प्रक्रिया र संविधान निर्माणमा असफल भएको निष्कर्ष निकाल्दै समर्थन फिर्ता गरेको हो । यसअघि मधेसी जनअधिकार फोरमले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।
समाजवादी दलले तत्काल नयाँ संयुक्त राष्ट्रिय सरकार गठनमा जोड दिएको छ । सरकार निर्माणका क्रममा प्रधानमन्त्रीबाट सानो मन्त्रिपरिषद् बनाउने, तत्काल राहत दिने, मितव्ययिता अपनाउने, महँगी र भ्रष्टाचार अन्त्य गर्ने, ४५ दिनभित्र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन नसके राजीनामा दिनेलगायत प्रतिबद्घता व्यक्त भए पनि ती पूरा नभएको दलले उल्लेख गरेको छ ।



