चिनियाँ प्रधानमन्त्रीको भ्रमणपछि विमानस्थलमा आयोजित पत्रकारसम्मेलनमा उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दुई मुलुकका प्रधानमन्त्रीको नेतृत्वमा भएको द्विपक्षीय वार्ता तथा आर्थिक सहयोग प्रवद्र्धनलगायत आपसी हितका विषयमा भएका सहमतिले यो सम्बन्धलाई नयाँ उचाइ प्रदान गरेको उल्लेख गरे ।
क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय चासोको साझा विषयमा सहकार्य गर्ने प्रतिबद्धता चिनियाँ प्रधानमन्त्रीले व्यक्त गरेको उल्लेख गर्दै श्रेष्ठले शान्ति र संविधानका निम्ति राजनीतिक दलहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रधानमन्त्री डा बाबुराम भट्टराईको प्रयासको चिनियाँ विशिष्ठ अतिथिले सराहना गरेको जानकारी दिए ।



