पृथ्वी राजमार्ग छेउछाउमा राखिएका होडिङ्ग बोर्डहरु अब हटाइने

पृथ्वी राजमार्ग छेउछाउमा राखिएका होडिङ्ग बोर्डहरु हटाइने


पृथ्वी राजमार्ग छेउछाउमा राखिएका होडिङ्ग बोर्डहरु अब हटाइने भएको छ । राजमार्गका आसपासमा विना इजाजत राखिएका विज्ञापन वोर्डका कारण दुर्घटना बढेको र राजमार्गको स्वरुप समेत बिग्रेको गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धादिङले होडिङ्ग बोर्ड हटाउन लागेका हुन् ।

 

 यस्ता प्रचार सामग्रीका होडिङ्ग बोर्डहरु राख्ने बेलामा जिल्ला प्रशासन र सम्बन्धित गाँउ बिकास समितिको अनुमति लिनुपर्ने भएपनि राजमार्गमा होडिङ्ग बोर्डहरु राख्दा कसैले पनि अनुमति नलिएको बताईएको छ । मादक पदार्थ, सिमेन्ट र निजि लगानिमा खोलिएका बैंकका बोर्डहरु राजमार्गमा रहेका छन् ।

 

पृथ्वी राजमार्गको पिपलामोडदेखि धादिङको मौवा खोलावीचमा एक हजार भन्दा बढी संख्यामा साना ठुला होडिङ्ग बोर्ड छन् ।