जिल्ला प्रहरी कार्यालय डडेलधुराले दिएको जानकारी अनुसार डडेलधुरा धनगढी राजमार्गको साहुखर्क र गैरा सडक खण्डमा राती तिन बजेदेखि लगातार भएको हिमपातले गर्दा दर्जनौं यात्रुबाहक सवारीसाधन बाटैमा अलपत्र परेका हुन् । झण्डै डेढ फिट हिमपात भएको छ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र चन्दले भने शोमवार बिहानै बाटो खोल्न डडेलधुरा र डोटीको बुडरबाट डोजर पठाइएको छ ।
दुई दिन मौसम सफा भएपनि आईतवार बिहानै देखि सुदूरपश्चिमका पहाडी जिल्लामा भारी हिमपात शुरु भएको छ । डडेलधुरा देखि बैतडी जोड्ने दशरथ चन्द राजमार्ग अन्तरगत घनघश्या , अनारखोली र खोड्पे सडकखण्डमा समेत हिमपात भएको छ । हिमपातका कारण बाटैमा अलपत्र रहेका दर्जनौं सवार साधनमा रहेका सयौं यात्रुहरु अलपत्र परेका छन् ।



