नेपाल आयल निगमद्धारा पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

काठमाडौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थ को मूल्यवृद्धि गरेको छ । उपभोक्ताले इन्धनको अभाव झेलिरहेका बेला निगमले मूल्यवृद्धि गरेको हो ।


खाना पकाउने ग्यासमा प्रति सिसिलण्डर १ सय ७५ रुपैयाँ, पेट्रोलमा प्रति लिटर १० रुपैयाँ तथा डिजेल र मटि्टतेलमा प्रति लिटर ९ रुपैयाँको दरले मूल्यवृद्धि गरिएको निगमका प्रवक्ता मुकुन्द ढुंगेलले ईकान्तिपुरलाई बताए । यसअघि खाना पकाउने ग्यासको प्रति सिलिण्डिर १ हजार ३ सय २५ रुपैयाँ रहेकोमा अब उपभोक्ताले १ हजार ५ सय तिर्नुपर्ने हुन्छ । त्यस्तै पेट्रोल प्रति लिटर १ सय ५ रुपैयाँ रहकोमा १ सय १५ रुपैयाँ पुगेको छ । ७६ रुपैयाँ प्रतिलिटर रहेकोमा डिजेल र मट्टितेलको मूल्य ८५ रुपैयाँ पुगेको छ ।


त्यस्तै आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर १ सय रुपैयाँमा बढाएर १ सय ५ रुपैयाँ पुर्‍याइएको छ ।


पूरानो मूल्य अनुसार मासिक १ अर्ब ७८ करोड ३१ लाख रुपैयाँ घाटा रहेको निगमले जनाएको थियो । महँगोमा किनेर सस्तोमा बेच्नुपर्दा भएको घाटा कम गर्न मूल्यवृद्धि गरिएको बताइएको छ ।