आन्तरिक राजश्व कार्यालयको करदाता सेवा कार्यालय स्थापनाको माग गर्दै आज पाँचौ दिन पनि महोत्तरीको बर्दिवास ठप्प पारिएको छ ।
उद्योग वाणिज्य संघका प्रतिनिधि र स्थानीय प्रशासन र बर्दिवासका व्यापारीहरुबीच आज वार्ता हुने भनिएपनि समय र स्थान नतोकिएकाले अन्यौल कायम नै छ । आजपनि विहान आठ बजेदेखि दिउँसो पाँच बजेसम्मका लागि यातायात तथा बजार बन्द गरिएको उद्योग वाणिज्य संघ बर्दिवासले जनाएको छ ।
जनकपुर उद्योग वाणिज्य संघले गरेको आन्दोलनका कारण करदाता सेवा केन्द्र कार्यालयको स्थापना स्थगित भएपछि बर्दिवासमा शुरु भएको आन्दोलनलाई सिन्धुली र सर्लाहीका उद्योग वाणिज्य संघले समर्थन गरेका छन् ।