
सरकारले पेट्रोलियम पदार्थको मुल्य बढाएको विरोधमा नेपाली कांग्रेस, एमाले र एकीकृत माओवादीको विद्यार्थी संगठनहरुले आज प्रदर्शन तथा चक्काजाम गरेका छन् । बढाएको मुल्य फिर्ता गनुपर्ने, बिद्यार्थीलाई सहुलियत दरमा पेट्रोलियम पदार्थको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै बिद्यार्थी संगठनले बिरोध प्रदर्शन गरेका हुन् ।
कांग्रेस निकट नेवी संघ, एमाले निकट अनेरास्ववीयू र माओवादी निकट बिद्यार्थी संगठन अनेरास्ववीयू क्रान्तिकारीले बिहान ९ बजेपछि उपत्यका लगायत देशभरका सरकारी क्याम्पस अघि छुट्टाछुट्टै प्रदर्शन गरेका छन् भने आधा घण्टा चक्का जाम समेत गरेका छन् ।
आजै बिभिन्न बिद्यार्थी संगठनहरुसंग संयुक्त छलफल गरी थप विरोधका कार्यक्रम सार्वजनिक गरिने नेविसंघका प्रचारप्रसार विभाग प्रमुख रामप्रसाद अधिकारीले जानकारी दिनुभयो । प्रदर्शनकै क्रममा सुनसरीको इटहरी चोकमा बिद्युत प्राधिकरणको एउटा गाडी बिद्यार्थीले तोडफोड गरेका छन् ।
उता, बिद्यार्थीले सप्तरीको राजविराजमा आपुर्ति मन्त्री लेखराज भट्टको पुतला दहन गरेका छन् । नेपाल आयल निगमले हिजो १०५ रुपैंयां रहेको पेट्रोलको मूल्य बढाएर ११५ रुपैंया, खाना पकाउने एलपी ग्यांसमा प्रति सिलिण्डर १ सय ७५ रुपैंया बढाएर १५ सय रुपैया पु