अञ्चल अस्पतालमा शुभाष शाहीकी पत्नी छाया शाहीले बच्चा पाउने बेला गरिएको अप्रेसन बिग्रेपछि लापरवाहीका कारण भन्दै डा महत्तो माथि उनका आफन्तले बुधबार दुर्ब्यहार र गालीगलौज गरेका थिए ।
नेपाल मेडिकल एसोसिएसन, सिएमए संघ, नर्सिग संघ, औषधी ब्यवसायी संघलगायतले चिकित्सक माथी दुर्ब्यवहार गर्ने माथी कार्वाहीको माग राख्दै अस्पताललगायत स्वास्थ्य सेवा बन्द गराएका हुन् ।
सेती अञ्चल अस्पातलको आकस्मिक सेवा बाहेक सवै सेवा बन्द भएपछि उपचारका लागि आएका बिरामी समस्यामा परेका छन् । औषधी पसल, निजी क्लिनिक र अस्पतालसमेत बन्द गराइएका छन् । औषधी पसल बन्दले बिरामीले औषधी समेत किन्न पाएका छैनन् ।
अस्पतालमा हुने राजनीतिकरण र गुण्डागर्दी बन्दलगायत सुरक्षाको ग्यारेन्टीकोलगायतका माग चिकित्सक तथा कर्मचारीले राखेका छन् ।



