ब्यापारी पवन संघइको अपहरणमा संलग्न सभासद् श्यामसुन्दर गुप्ताको नाममा किटानी जाहेरी दिन संघईका परिवारजन डराएका छन् ।
संघईका आफन्तहरुले महानगरीय प्रहरी अपराध महाशाखामा दिएको जोहरीमा विकास लामा र राकेश लामाको नाम मात्र किटान गरिएको छ ।
८५ लाख रुपैयाँ फिरौती लिएको संघइलाई अपहरण मुक्त गरिएको भनिएता पनि संघइ परिवारले फिरौती कति दिएको हो भन्ने बारे पनि केही खुलाउन चाहेका छैनन् ।
संघइको अपहरणमा पूर्व मन्त्री तथा सभासद श्यामसुन्दर गुप्ता मुख्य योजनाकार रहेको प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भईसकेको छ ।