चर्चामा मात्रै काम गरेको सरकारको अब विदाई गर्ने पालो आइसकेको गौतमको भनाइ थियो ।
प्रेस चौतारी कास्कीको छैटौं जिल्ला अधिवेशनको शनिबर पोखरामा उदघाटन गर्दै गौतमले प्रधानमन्त्री बाबुराम भट्टराईले चर्चाको मुस्ताङी गाडी चढ्नु बाहेक अरु केही उपलब्धी हासिल नगरेको आरोप लगाए । ‘पछिल्लो समय बाबुराम सरकारले सबैतिरबाट आलोचन खेपेको छ’ गौतमले भने, ‘यही भएर यो सरकारको औचित्यसँगै आयु समाप्त भएको छ ।’ कामभन्दा चर्चाका लागि प्रधानमन्त्री भएको बताउँदै गौतमले भट्टराईलाई केटौले पाराको संज्ञा समेत दिए । उनले प्रधानमन्त्री भट्टराईले मितव्यीयतका नाममा देशको ब्रह्मलुट मच्चाएको आरोप लगाए । उनले १२ बुँदे सम्झदारीबाट पछि हटेको माओवादीले शान्ति र संविधानलाई धरापमा पार्ने काम गरेको बताए ।
पूर्व गृहमन्त्री समेत रहेका गौतमले माओवादीले पार्टी एकताको नाममा वैद्य पक्षलाई खुसी राख्न जनसत्ताले गरेका निर्णयलाई वैद्यता दिने निर्णय गरेकोमा आपत्ती जनाए ।
सरकार बनेदेखि नै मधेशवादी दललाई फाइदा दिएर सरकार टिकाइरहने दाउमा प्रधानमन्त्री लागे पनि त्यो घडी समाप्त भएको गौतमले दाबी गरे ।



