एमाले झलनाथ खनालद्धारा आफ्नो ३२ रोपनी जग्गा सरकारको लगानीमा निर्माण हुन लागेको इन्ष्टिच्युटलाई दान

एमाले अध्यक्ष झलनाथ खनालले आफ्नो जन्मगाउं इलामको साखेजुङ्गमा रहेको ३२ रोपनी जग्गा रत्नकुमार वान्तवा पोलिटेक्निकल इन्ष्टिच्युटलाई दान दिनु भएको छ । ईलामका सम्पन्न परिवारमा जन्मनु भएका खनालसंग अझै सत्तरी रोपनी जग्गा बांकी छ ।

 

सरकारको लगानीमा निर्माण हुन लागेको इन्स्टिच्युटलाई दुई सय रोपनी जग्गा आवश्यक पर्नेमा खनाल र अन्य दाताहरुको तर्फबाट गरी कुल ४४ रोपनी जग्गा रजिष्ट्रेशन पास भएको ईलामका मालपोत अधिकृत किरणकुमार भट्टराईले जानकारी दिनुभयो ।

 

नेपाल सरकारले आर्थिक वर्ष २०६८/०६९ को बजेटमा इन्स्टिच्युटका लागि तीन करोड रूपैयाँ विनियोजन गरेको छ । कार्यक्रममा एमाले अध्यक्ष खनालले निर्धारित समयभित्र संविधान निर्माण गर्न र शान्ति पक्रियालाई निष्कर्षमा पु-याउन सवै एक भएर अघि बढ्नुपर्ने बताउनुभयो ।