नेपाल छिमेकी मुलुक चीन वा भारतमा मर्ज हुन सक्ने प्रधानमन्त्रीको अभिब्यक्तिप्रति संसदमा सभासद्हरुको चर्को आपत्ति

नेपाल छिमेकी मुलुक चीन वा भारतमा मर्ज हुन सक्ने प्रधानमन्त्रीको अभिब्यक्तिप्रति संसदमा सभासद्हरुले चर्को आपत्ति जनाएका छन् । संसदको आजको बैठकमा काँग्रेस मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले देशको कार्यकारी प्रमुखको पदमा रहेको ब्यक्तिले नेपाल चीन वा भारतमा विलय अर्थात मर्ज हुनसक्ने भनी दिएको अभिब्यक्तिप्रति कडा आपत्ति जनाउनुभयो ।

प्रधानमन्त्रीको भनाइले नेपालको सार्वभौम अस्तित्व र राष्ट्रियतामाथि गम्भीर प्रश्न खडा गरेको उहाँको भनाइ थियो ।

चिनिया प्रधानमन्त्रीको नेपाल भ्रमणलगत्तै बालुवाटारमा केहि संचारकर्मीसँगको कुराकानीका क्रममा प्रधानमन्त्री भट्टराइले पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुंगाबीचको तरुल भनेको प्रसंग उल्लेख गर्दै यहि अवस्था रहे नेपाल चीन वा भारतमा विलय हुन सक्ने अभिब्यक्ति दिनु भएको थियो ।