चितवन – नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य अन्तर्राष्ट्रिय कम्युनिस्ट संस्था(रिम)को निर्देशनमा चलेको आरोप लगाएका छन् ।
चितवनको भरतपुरमा सार्वजनिक हुनुभएका सिंहले संविधान निर्माण र शान्ति प्रक्रियामा अवरोध गरेर वैद्य खेमाले गणतन्त्र संस्थागत गर्नमै समस्या उत्पन्न गरेको आरोप लगाए ।
महामन्त्री सिंहले प्रधानमन्त्रीले शान्ति र संविधानका पक्षमा काम गर्न खोजे पनि रिमको प्रत्यक्ष निर्देशनमा चलेका वैद्यले कामै गर्न नदिनु देश र जनताप्रति बेइमानी हो भने । उनले भने



