पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धिविरुद्ध आन्दोलित विद्यार्थीहरुले प्रधानमन्त्रीसँगमात्रै वार्ता गर्ने निर्णय

काठमाडौं – सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धिविरुद्ध आन्दोलित विद्यार्थीहरुले प्रधानमन्त्रीसँगमात्रै वार्ता गर्ने निर्णय गरेका छन् ।

 

वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग वार्तामा बसेका विद्यार्थीहरुले प्रधानमन्त्रीसँगमात्रै वार्ता गर्ने निर्णय गरेको नेविसंघ उपाध्यक्ष नैनसिंह महरले जानकारी दिए । ‘आपूर्तिमन्त्री विद्यार्थीको मागप्रति गम्भीर देखिनुभएन,’ बैठकपछि महरले भने, ‘अब प्रधानमन्त्रीसँग बसिन्छ ।’

 

चरणवद्ध आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले मुल्यवृद्धि फिर्ता, विद्यार्थीका लागि सहुलियत, व्यापारिक र घरायसी प्रयोजनमा अलग-अलग मुल्य कायम गर्नुपर्ने माग गरेका छन् ।

 

मुल्यवृद्धि बाध्यता रहेको बताउँदै आएका मन्त्री भट्टले भने विकास बजेट काटेर अनुदान नदिएको अवस्थामा निर्णय परिवर्तन नहुने बताउँदै आएका छन् ।