नेपालस्थित अमेरिकी राजदूत स्कट एच डेलिसी एक बर्ष पदावधी बाँकी छाँदै फिर्ता

काठमाडौ  – नेपालस्थित अमेरिकीफ राजदूत स्कट एच डेलिसीलाई फिर्ता बोलाएर अफ्रिकी मुलुक युगाण्डाको राजदूतका लागि सिफारिस गरिएको छ । उनको पदावधी एक बर्ष बाँकी छाँदै अमेरिकी राष्ट्रपति बाराक ओबामाले उनलाई युगाण्डाका लागि सिफारिस गरेका हुन् । उनको नाम सिनेटबाट अनुमोदन हुन बाँकी छ । यद्यपी उनी गएपछि को आउने भन्ने अझै घोषणा गरिएको छैन ।

सन् २०१० को मार्चदेखि डेलिसी नेपालमा राजदूतका रुपमा कार्यरत थिए । उनी नेपाल आउनु अघि अमेरिकी विदेश मन्त्रालयमा कार्यरत थिए । त्यसअघि उनले इरिट्रियाको राजदूत भइसकेका थिए ।

‘हिजो राष्ट्रपति ओवामाले वासिङ्टनमा मलाई गणतन्त्र युगाण्डाको राजदूतको लागि गर्नु भएको सिफारिस सिनेटले सदर गरेमा साँच्चै नै म आफ्नो नियमित कार्यावधी अघि छाड्नु परेकोमा दु:खी हुनेछु’ सधै फेसबुकमा प्रतिक्रिया दिएर चर्चामा आइरहने राजदूत डेलिसीले यस पटक लेखेका छन् ।

उनले भविश्यमा पनि नेपाल र अमेरिकाकी हीत प्रबर्धनमा काम गर्न पाउने आशासमेत ब्यक्त गरेका छन् ।